समाचार

कर्मचारीको घेराबन्दीमा राष्ट्र बैंकका गभर्नर

काठमाडौं । मुलुकको एक मात्र केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकका कर्मचारीहरु आन्दोलित भएका छन् । कर्मचारीको उमेर हदवन्दी र सेवा अवधिका विषयलाई लिएर उनीहरु आन्दोलित बनेका हुन् ।
नेपाल राष्ट्र बैंक कर्मचारी सेवा निवयमावली २०६८ को परिच्छेद १० को विनयम १११ को व्यवस्था कायमै हुनुपर्ने आन्दोलनरत कर्मचारीहरुको माग रहेको छ । त्यसैले कर्मचारीहरुले व्यवस्थापनको ध्यानाकर्षण गराउँदै सात सय जना कर्मचारीको दबाबमूलक हस्ताक्षर संकलन गरेका थिए । संकलित हस्ताक्षर गभर्नरसमक्ष पु¥याउन खोज्दा गभर्नरले उल्टै व्यवस्थापन पक्षको पक्षपोषण गर्दै कर्मचारीको हस्ताक्षर बुझ्न नमानेपछि उनीहरुले गभर्नरलाई नै घेराउ गरेका हुन् । 
आन्दोलनरत कर्मचारीले सेवा अवधि ३० वर्ष तथा अनिवार्य अवकास ५८ वर्ष उमेर हद कायमै रहनुपर्ने बताउँदै आएका छन् । उनीहरुका अनुसार विनियम ११३ बमोजिम पदावधि पूरा गरेको कर्मचारीहलाई बैंकबाट अनिवार्य अवकाश दिइनेछ भन्ने व्यवस्था हुँदा हुँदै हालको उच्च व्यवस्थापनले समग्र कर्मचारीहरुको भावनालाई लत्याएको आरोप लगाएका छन् ।