समाचार

जंगली च्याउ खाँदा ३७ विरामी, विरामीमध्ये ८ बालबालिका

नुवाकोट । जंगली च्याउ खादा नुवाकोटको सामरी–६ मैबल गाँउका ३७ जना बिरामी भएका छन् । जंगलबाट ल्याएको च्याउ खाँदा मैबल गाउँका ८ परिवारका ३७ जना बिरामी परेका हुन् । बिरामी भएका मध्ये ३१ जनाको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ ।

गम्भीर बिरामी देखिएका ६ जनालाई थप उपचारको लागी काठमाडौ पठाइएको छ । बिरामी भएर उपचाररतहरुको अबस्थामा गम्भीर भएपनि विस्तारै सुधारात्मक हुदै आएको उपचारमा संलग्न डाक्टर किसन नेपालीले जानकारी दिनुभयो ।

बिरामी भएकाहरुमा ८ जना बालबालिका, चार जना गर्भवती महिला समेत रहेका छन् । जंगली च्याउ खाएपछि उनीहरुले वान्ता गर्ने, टाउको दुख्ने, रिंगटा लाग्ने, बर्बराउने लक्षण देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । जंगलबाट ल्याएको च्याउ हिजो साँझा पकाएर खाएका ८ परिवारका सबैलाई केही सयमपछि समस्या सुरु भएपछि राति नै मिनीट्रकमार्फत अस्पताल पु¥याइएको हो ।