समाचार

अफगानिस्तानबाट ल्याइयो नेपालीको शव

विमानस्थलमा देखियो शोकाकूल अवस्था

काठमाडौं । अफगानिस्तानको काबुलमा सोमबार भएको बम हमलामा निधन भएका १२ जना नेपालीको शव नेपाल ल्याइएको छ । बाकसमा १२ वटा शव विमानबाट ओराल्दा मृतकका परिवार आफन्त र विमानस्थलमा जुटेका उल्लेख्य सर्वसाधारणका आखा रसाए । नेपाली सेनाका जवानहरूले शवको बाकस विमानबाट ओरालेका थिए। विमानस्थलमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू र सचिवहरूको अनुहार मलिन देखिन्थ्यो।

काबुलबाट शव लिएर फर्केको नेपाल वायु सेवा निगमको जहाज जब विमानस्थलमा ओर्लियो, परिवारको रूवावासले विमानस्थलको वातावरण एकाएक भावविव्हल बनेको थियो । सोमबार तालीवानी हमलामा परी १२ जना नेपालीको ज्यान गएको थियो । अफगानिस्तानमा नेपाली राजदूतावास नहुँदा आज विहान मात्रै नेपाल एयरलाइन्सको विमानस्थल अफगानिस्ता पुगेको थियो ।