समाचार

काबूल घटनाको निन्दा, शव नेपाल ल्याउने पहल

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको तालिवानी आक्रमणको अहिले सर्वत्र निन्दा भएको छ । घटनामा निर्दोष १२ जना नेपाली र २ भारतीय नागरिक गरी  १४ जनाको मृत्यु भएको हो । 
आक्रमणमा परी अरु नौ जना घाइते भएका भएका थिए । घाइते भएका मध्ये पाँच जना नेपाली र चार जना अफगानी छन् । उनहरुको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ । 

सोमबार बिहान उनीहरु चढेको एक मिनीबसमा एकजना  व्यक्तिले आत्मघाती बम  विस्फोट गराएका थिए । त्यस विस्फोटमा परी १४ जनाको घटनास्थलमै ज्यान मृत्यु भएको हो । एक विदेशी कम्पनीमा कामगर्ने ती नागरिकलाई लिएर गएको बसलाई राजधानी काबुलमा बिहान ५ः४० बजे नै आक्रमणकारीहरुले निशाना बनाएको थियो । 

यस आक्रमणको अफगानिस्तानको तालिवान संगठनले जिम्मेवारी लिएको छ । तालिवान प्रवक्ता जबिउल्लाह मुजाहिदले सोमबार बिहानै विज्ञप्तिमार्फत सो जिम्मेवारी लिएका थिए । 

तालीवानीहरुले नेपालीहरुलाई निसाना बनाए पछि अफगानिस्तान नेपालीहरुका लागि जोखिमपूर्ण रहेको अनुमान गर्न थालिएको छ । घटनालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, अन्य दलका नेताहरु र पूर्व राजा ज्ञानेन्द्र शाहले दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । नेपालीहरुको शव नेपाल ल्याउन प्रक्रिया जारी रहेको भए पनि नेपाल ल्याउन सकिएको छैन । अफगानिस्तानमा नेपाली दूतावास नभएका कारण शव नेपाल ल्याउनका लागि भारतले सहयोग गर्ने जनाएको छ । कावुलको घटनालाई लिएर विश्वका देशहरुले घटनाको निन्दा गरेका छन् ।