समाचार

कोशीमा पानीको बहाब बढ्यो, महाकालीमा पनि उस्तै

काठमाडौं। सोमबार रातिदेखी परेको वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । मंगलबार बिहान कोशीब्यारेजमा १ लाख २६ हजार ८३० क्युसेक पानी मापन गरिएको छ । ब्यारेजका ५६ मध्ये २० ढोका खोलेर पानीलाई निकास दिइएको छ । वर्षा पछि सप्तकोशी नदीमा पानीको सतह बढेको छ । वर्षातसँगै इटहरी जलमग्न, दर्जनौं घर डुबानमा परेका छ्न ।

इटहरी पूर्वमा रहेको टेंग्रा खोला साथी फ्यूल सेन्टर नजिकबाट पश्चिम तिरको गाउँमा पस्दा स्थानीयको विचल्ली बनेको छ ।  सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले बाढी नियन्त्रणको प्रयास गरिरहेका छन् ।

लगातारको वर्षातको कारण बाढी नियन्त्रणमा समस्या आइरहेको छ । वर्षायाम सुरुभएसँगै पर्न थालेको अविरल वर्षातका कारण इटहरीका चार वडालाई जलमग्न बनाएको छ । अविरल वर्षातका कारण इटहरीको ७, ८, ९ र १० का बासीन्दा अन्योलनमा परेका छन् ।

टेङ्ग्रा खोलामा आएको बाढी तटबन्ध कटान गरेर वस्तीमा प्रवेश गरेसँगै स्थानीय दर्जनौं घर डुबानमा परेको बताइएको छ । पानी नियन्त्रण गर्न सेना, सशस्त्र र जनपथ प्रहरी खटिएको बताइएको छ । पानीले करिब १५ मिटर जमिन कटान गरेर मानव वस्तीमा प्रवेश गरेको बताइएको छ ।

यसैबीच, मङलबार बिहानदेखि परेको पानीले पश्चिम नेपालको महाकाली नदीमा पनि पानीको सहत बढेको छ । कञ्चनपुरको भीमदत्तनगर बजार र आसपासका क्षेत्र जलमग्न भएका छन् ।

निरन्तरको वर्षाका कारण भीमदत्त नगरपालिका–६ ऐठपुर, वनखेत, सालघारी र बजार क्षेत्रमा डुबान हुँदा केही परिवार समस्या परेमा छन् ।

यहाँको उत्तरबाट आउने खहरे खोलाको पानीको निकास नहुनाका साथै बजार क्षेत्रमा ढलको निकास नहुँदा केही भाग डुबानमा परेको हो ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पदमराज थापाले वर्षाका कारण जिल्लामा कुनै डुबान तथा बाढीको समस्या नभएको बताए । “अहिलेसम्म कुनै समस्या भएको छैन”, उनले भने, “वर्षाका कारण यहाँका विद्यालयको अध्यापनसमेत प्रभावित बन्न पुगेको छ ।