समाचार

गजल

भयो जब सुब्बा साबको बहाल नगरीमा
अहो ! कस्तो देखाउनु भो कमाल नगरीमा
 
गरिबको झुप्रो पोली संसार उजाडेर
महल ठोकी बनाउनु भो सियाल नगरीमा
 
नदीनाला सट्ट खोली पारी पठाउनु भो
काकाकुल जनता भए बिशाल नगरीमा
 
कस्तो कैँची चलाउनु भो उद्घाटनको बेला
देखियो लौ रगतको आहाल नगरीमा
 
रोग हर्ने औषधि त्यो कस्तो पिलाउनु भो ?
मान्छेभन्दा बढी भए कंकाल नगरीमा

झापा, हालः कतार