समाचार

गड्डाचौकी सीमानामा तीन चेली समातिए

कञ्चनपुर, २ असार । भारतमा आकर्षक रोजगारीको प्रलोभनमा पारेर नेपाली चेलीलाई भारत लैजाँदै गरेको अवस्थामा कञ्चनपुरको गड्डाचौकी सीमाबाट तीन नेपाली चेलीको उद्दार गरिएको छ ।
भारततर्फ लैजान लागिएका तीन युवतीलाई पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले प्रहरीको सहयोगमा उद्धार गरेको हो ।

काठमाडौँबाट नयाँ दिल्ली जाने बसमा सवार सिन्धुपलाञ्चोक र काभ्रेपलाञ्चोकका १८ देखि २२ वर्षका युवतीको उद्धार गरिएको हो । “युवतीहरुले सोधपुछका क्रममा नयाँ दिल्ली हुँदै इराक जान लागेको बताएपछि उद्धार गरेका छौँ”, माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले बताए  । उद्धार गरिएका युवतीलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।