समाचार

मनिषा हत्या प्रकरणः पोलिग्राफ रिपोर्ट सार्वजनिक

काठमाडौं, जेठ–१९ । राष्ट्रिय फुटबल खेलाडी बिमल घर्तीमगरकी बहिनी मनिषाको मृत्यु प्रकणमा छानविनका लागि पक्राउ गरिएका उनका प्रेमी रुद्रनारायण चौधरी ‘आशिष’ले झुठो पोलिग्राफ रिपोर्टले देखाएको छ ।

आशिषको पोलिग्राफ परीक्षण बुधबार सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको रिपोर्टमा उनले बताएको कुरा झुठो नभएको प्रारम्भिक रिपोर्ट आएको प्रहरीले जनाएको छ ।

उनले उत्तर दिँदा पोलिग्राफ मेसिनमा कुनै अस्वभाविक तरंग नभेटिएको प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।तर, अनुसन्धान अझै नटुंगिएको प्रहरीले जनाएको छ ।
आशिषसंग पोलिग्राफ परिक्षणमा ५ घन्टा लगाएर ११ वटा प्रश्नहरु सोधिएका थिए । पोलिग्राफ परिक्षणको समय व्यक्तिले झुठो बोल्न सक्दैन । झुठो बोल्न खोज्यो भने उसको शरिरमा तरंग आउँछ । किनभने पोलिग्राफ गर्दा उसको शरीरमा ६ प्रकारको सेन्सरहरु प्रयोग गरिएको हुन्छ,’ क्षेत्रिय प्रहरी कार्यालय पोखराका पोलिग्राफ विज्ञ प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले बताए । पोष्टमार्टम रिपोर्ट दुविधा भएको कारण आशिषले मनिषाको हत्या नै गरेको भने प्रमाणित हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।