समाचार

बहिनी गुमाउँदाको पीडा विमलले फेसबुकमा पोखे

काठमाडौं । बहिनीको मृत्युले विछिप्त बेनको नेपाल फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर बहिनीका लागि लड्ने भएका छन् । बहिनी मनिषा घर्तीमगरलाई गुमाउनुको पीडा विमलले आफ्ना फ्यानसामू सेयर गरेका छन् । आफ्नो फेसबुक पेजमार्फत एक स्ट्याटस राख्दै विमलले आफू हालसम्म देशको लागि लडेको र अब बहिनीका लागि लड्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘सानो छदा बाबु गुमाएँ, बाबु पनि देशका लागि लड्नु हुन्थ्यो । विस्तारै त्यो पीडा भुल्दै जाँदा आज १० वर्ष भाको थियो आज अर्को पीडा थपियो मेरो परिवारमा । बाबुले पनि देशको लागि कति गर्नुभयो अनि मैले नि देशको लागि कति गरेँ । तर, मेरो घरमा यस्तो हुँदा सरकारले केही गरेन भने यो दशको लागि गरेर के काम ? एउटा आज देशको लागि गर्ने मान्छेलाई सुरक्षा छैन भने अरु आम नेपाली जनता कसरी बस्नु यो नेपालमा ? मेरो बैनीको हत्या गर्ने मान्छेलाई कारबाही भएन भने यो देशको लागि के गर्नु । आज म रोएको छु, भोलि अरु कोही रोइ राको होला । मलाई सबको साथ चाहिएको छ अब । देशको लागि लडे अब बैनीको लागि लड्छु ।’


२८ जेष्ठ, २०७३ ।