समाचार

करोडौंको कोकिनसहित विदेशी पक्राउ

काठमाडौं । पछिल्लो समय नेपाललाई लागूऔषध कारोबारमा संलग्नहरुले ले ट्रान्जिट  पोइन्टको रुपमा प्रयोग गर्न थालेका छन् । प्रहरीले एकजना चिनियाँ नागरिकलाई करोडौंको कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।

यस अघि पनि लागू औषध कारोबारमा संलग्न विदेशी नागरिकहरु ठूलो परिमाणको लागू औषधसहित नेपालबाट पक्राउ पर्नुले उनीहरुले नेपाललाई ट्रान्जिट प्वाइन्टको रुपमा प्रयोग गर्दै आएको पुष्टि भएको हो ।

मलेशियन एयरको एमएच ११५ नम्वरको फ्लाईटद्धारा मलेशियाको क्वालालम्पुर हुँदै हङकङ जान लागेका पासपोर्ट नम्बर के ०२३३४५७५ वाहक चाइनिज नागरिक २१ बर्षीय Chun Man Ho लाई प्रहरीले लागू औषध कोकिन ३ के.जी. १७७.५ ग्राम सहित पक्राउ गरेको हो ।

लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको प्रस्थान कक्षको चेकिङ वि साईडको २ नम्वर स्क्रिनमा चेकजाँच गर्ने क्रममा उनले बोकी ल्याएको सुटकेशको पिधमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा उक्त लागू औषध कोकिन बरामद भएको थियो ।