समाचार

बजेट कार्यान्वयनमा शंका नगर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नीति तथा कार्यक्रमअनुसार नै बजेट ल्याएको भन्दै बजेटको प्रभावकारी कार्यान्वयन गर्नेमा शंका नगर्न आग्रह गरेका छन् ।

आइतबार काठमाडौंमा पर्यटन मन्त्रालयले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले मलुकको विकासलाई तिब्रता दिने लक्ष्यसहित बजेट ल्याईएको बताएका छन् । प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटले नेपालको विकासलाई तिव्रताका साथ अगाडि बढाउने कुरामा नयाँ दृष्टिकोण पेश गरेका कारण हरेक क्षेत्र उत्साहित भएको बताएका छन् ।

वर्तमान सरकार मुलुकको आर्थिक विकासप्रति दृढ संकल्पित रहेको भन्ने कुरा बजेटबाट पनि प्रष्ट भएको प्रधानमन्त्रीले बताएका छन् ।