समाचार

ड्राइभरलाई गोली हानेर ब्यापारीको अपहरण

बारा । बाराको गढिमाई मन्दिर नजिकरहेको पसाहा पुलबाट व्यापारी सुरेश केडिया अपहरणमा परेका छन् । उनी अपहरणमा परेको प्रहरी निरीक्षक शशिकुमार ठाकुरले जानकारी दिएका हुन् ।

केडियाका चालक उमेश प्रसाद साहलाई अपहरणकारीले गोली हानेर केडीयालाई लिएर फरार भएका हुन् । गोली लागेर उनका चालक गम्भीर घाइते भएका छन् । साहको कन्चनमा गोली लागेको छ। उनको अवस्था चिन्ताजनक छ । नारायणी उपक्षेत्रिय अस्पतालमा उनको उपचार भइरहेको छ ।