समाचार

चक्काजामको नाममा गाडी रोक्ने दर्जनौं पक्राउ

काठमाडौं । यातायात व्यवसायी र मजदुरहरुले चक्काजामलाई सफल पार्न विभिन्न ठाउँमा सार्वजनिक सवारी साधन रोकिरहेको अवस्थामा प्रहरीले ३७ जनालाई नियन्त्रणमा लिएको छ ।
वौद्धबाट १५, गौशाला २१, बालाजु १ जना पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विक्रम सिंह थापाले जानकारी दिए । यातायात व्यवसायीले विहीबार विहानै देखि गरेको चक्का जामका कारण सर्वसाधारणले सास्ती खेप्नु परेको छ । सडकमा सवारी साधन नचलेपछि आवत जावतमा समस्या परेको हो ।
 
ट्राफिक प्रहरीले जरिवाना शुल्क बढाएको विरोधमा गरिएको चक्का जामका कारण सडक सुनसान बनेको छ । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भने यातायातका साधनलाई पर्याप्त पार्किङको व्यवस्था नभएको, समय अनुसार सडक सुधार नभएको लगायतका पुर्वाधार नहुँदै जबरजस्ती शुल्क बढाउनु नहुने तर्क राख्दै अझ आन्दोलन कडा पार्ने चेतावनी दिएका छन् ।