समाचार

‘म मधेस र पहाडको पुल हुँ’

महोत्तरी । पूर्वराष्ट्रपति रामवरण यादवले सात वर्षसम्म राष्ट्रप्रमुखका रुपमा आफूले खेलेको भूमिकाको समिक्षा गर्दै आफू मधेस र पहाडको पूल भएको बताएका छन् ।
पूर्वराष्ट्रपति यादवले आफ्नो कार्यकालमा मूलुकप्रति निभाएको भूमिकाको विषयमा इतिहासले एक दिन अवष्य मूल्यांकन गर्ने दाबी गरेका छन् ।

महोत्तरीको बर्दिबासमा बुधबार भएको एक कार्यक्रममा यादवले पदमा रहँदा आफूले मुलुक र जनतालाई सर्वोपरी हितमा राखेर काम गरेको बताए । उनले आफूले राष्ट्रिय एकताको प्रवद्र्धन गर्नुका साथै विभिन्न क्षेत्र तथा समुदायबीच सदभाव अभिवृद्धि गराएको दाबी गरे । यादवले आफ्नो कार्यकालमा भएका सबै काम मधेस र पहाड जोड्ने सेतु बनेको बताए ।