समाचार

आमाले गरिन् दुई नाबालक छोरीको हत्या

बारा । बाराको कलैयामा एक महिलाले आफ्ने दुई सन्ताको हत्या गरेकी छन् । घरायाशी विवादका कारण घर छोडेर माइती पुगेकी बारा कलैयाकी २२ वर्षकी सबिता देवीले दुई नाबालक छोरीको हत्या गरेकी हुन् ।

श्रीमान् तथा सासु ससुराले मानसिक यातना खप्न नसरको केहि दिन अघि उनले घर छाडेर  हिँडेकी थिइन् । घरको झगडाका कारण मानसिक विचलन भई छोरीहरु चार वर्षकी काजल र साढे दुई वर्षकी अनिताको पोखरीमा डुवाएर हत्या गरेको प्रहरीले जनाएको छ ।

उनले मंगलबार बेलुका वीरगञ्ज उपमहानरपालिक–१८ भेडियाहीमा अवस्थित शम्सानघाट नजिक रहेको सिंगहा नदीको पानीमा डुबाएर दुई छोरीको हत्या गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।  
छोरीको हत्या गरेपछि सबिताले आत्महत्याको समेत प्रयास गरेकी थिइन् । तर गाँउलेले देखेपछि उनलाई आत्महत्या गर्नबाट रोकेको बताइएको छ । सबिता देवीलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेको छ ।
घरमा श्रीमान र सासु ससुराले मानसिक यातना दिएपछि झगडा गरेर सोमबार सबिता दुई छोरीलाई लिएर वीरगञ्ज–१५ मुर्लीमा रहेको दिदीको घर पुगेकी थिइन् ।