समाचार

१५ वर्ष जेल जीवन विताए पनि फेरि उस्तै धन्दा

काठमाडौं । लागुऔषध कारोवारमा पक्राउ परेर १५ वर्ष जेल जीवन विताएर छुटेका एक भारतीय नागरिक फेरि उस्तै धन्दामा लागेपछि पुनः पक्राउ परेका छन् ।

भारत बिहारका वैद्यनाथ गुप्ता २०५२ सालमा जेल परेका थिए । १५ वर्ष जेल सजाय भुक्तान गरेर गुप्ता ६७ सालमा मुक्त भएका थिए ।  तर अहिले गुप्ता भारतीय नक्कली नोटको कारोवारीमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । वैद्यनाथसँगै अन्य सात जना पनि  पक्राउ परेका छन् ।

१५ वर्षे जेल सजायबाट मुक्त हुनु केही महिना अघि वैद्यनाथले कारागारमा बस्दा नै नयाँ कारोबारको योजना बुनिसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
कारागारमै एक पाकिस्तानीसँग उनको भेट भएको थियो ।  उनीहरुबीच त्यहाँ अबको कारबार के हुने भन्ने विषयमा दैनिक कुराकानी हुन थालिसको र नक्कली भारुको कारोबाट उनीहरुले अघि बढाएको प्रहरी अनुसन्धानले देखाएको छ ।  पक्राउ परेका उनीसँग नक्कली डलर पनि भेटिए पछि प्रहरीले यो गिरोहको ठूलै सञ्जार रहेको आशंका गर्दै अनुसन्धान जारी राखेको छ ।