समाचार

ठेक्कापट्टाबाट लाखौं ठग्दै आएकी महिला पक्राउ

सप्तरी। ठेक्कापट्टा मिलाई दिन्छु भनी ठगी गर्ने एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको भारदह–१ निवासी कङ्कालीनी बहुउद्देश्यीय सेवा केन्द्रकी अध्यक्ष नुनुदेवी झा रहेको प्रहरीले जनाएको छ ।

महूली खोला र सीतापुरको बनरा खोलाको नदी नियन्त्रण सम्बन्धी ठेक्कापट्टा मिलाईदिन्छु भन्दै ६० वर्षीया झाले एक वर्ष अगाडि विभिन्न बहाना बनाई न्यौपाने निर्माण सेवाका सञ्चालक झापा भद्रपुर नगरपालिका–९ बस्ने प्रेम न्यौपाने र साहिल निर्माणका सञ्चालक काठमाडौँ–१० बस्ने कमरुजमा सेखसँग रु ९५ लाख लिएकी थिइन् ।
ती महिलाले ठगी गरेको भन्दै पीडितले प्रहरीमा उजुरी गरेपछि प्रहरीले उक्त महिलालाई नियन्त्रणमा लिन सफल भएको हो ।
पक्राउ परेकी झालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।