समाचार

चट्याङ लागेर दुई महिलाको ज्यान गयो

तनहुँ । तनहुँ जिल्लाको काहुँशिवपुरमा आइतबार साँभ परेका चट्याङबाट दुई जनको मृत्यु भएको छ ।

आइतबार साँझ एक्कासी परेको काहुँशिवपुर गाविस–७ बस्ने खेम रानाको घरमा चट्याङ पर्दा दुई जनाको मृत्यु भएको हो । चट्याङलागरेर २० वर्षीया मौसमी राना र ५५ वर्षीया यनीमामाय मगरको मृत्यु भएको छ भने १८ वर्षीया छोरी गुलाबी राना घाइते भएकी छन् ।
गुलाबी राना शक्त घाइते भई थप उपचारका लागि पोखरा पठाइएको  छ । त्यसैगरी सोही वडा निवासी वर्ष ५५ की यनिमाया थापाको घरमा चट्याङ पर्दा घाइते भई अस्पताल लैजाँदै गर्दा बाटौमै मृत्यु भएको छ ।

सोही वडा निवासी ऋषिराम थापाको चट्याङले गर्दा चार वटा गाई, तीन वटा बाख्रासमेत मरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ्