समाचार

दैलेखमा बाढीको वितण्डा, बजार बगायो

दैलेख । लामो समयसम्मको खडेरीपछि परेको पानीले दैलेखमा वितण्डा मच्चाएको छ । पहिरोसँगै आएको बाढीले दैलेख र कालीकोटको सिमानामा रहेको दहीखोला बजार बगाएको हो ।
भीषण वर्षासँगै पहाडबाट झरेको पहिरोले दहीखोला बजार बगरमा परिणत भएको छ । गत शुक्रबार साँझ असिनापानी बर्सिएपछि दहीखोलामा बाढी आएको थियो ।
खहरे खोलामा आएको बाढीले एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
पहिरोमा पुरिएर ३५ वर्षीया गीता थापामगरको ज्यान गएको हो । उनको शव शनिबार सुरक्षाकर्मीले निकालेका थिए । बाढी आएपछि दैलेख सिहासैन ९ का रंग विक बेपत्ता भएका छन् ।  पहिरो र बाढीले बजारमा रहेका दैलेखतर्फका ८ र कालीकोटतर्फका सात घर बगेका छन् । बजार नै बगेपछि स्थानीय बासिन्दा बिचल्लीमा परेका छन् ।