समाचार

सञ्चार उद्यमी सिंघानिया हत्याका मूख्य सुटर पक्राउ

काठमाडौं ।  धनुषाका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याका मूख्य सुटर मानिएका मनक लामालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्लाप्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखाका टोलीले सञ्चार उद्यमी सिंघानिया हत्याका मूख्य सुटर लामालाई नेपालभारत सीमा क्षेत्रको विराटनगर नजिकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका लामालाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । हत्याका सुटर आरोप लागेका लामा प्रहरीलाई छल्दै मलेसिया बस्दै आएका थिए । लामा विदेशबाट फर्केपछि छिमेकी मुलुक भारतको विभिन्न शहरमा लुकीछिपी बस्दै आएका कारण पक्राउ गर्न कठिन भएको बताइएको छ ।

पक्राउ परेका लामालाई आईतबार दिउंसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सञ्चार उद्यमी सिंघानिया हत्याआरोपमा अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन् । वि.स.२०६६ फागुन १७ गते होलीपर्वका दिन सिंघानियाको जनकपुरको शिवचोकमा गोली हानी हत्या गरिएको थियो ।