समाचार

१ वर्ष बित्यो, परकम्प रोकिएन

काठमाडौं । गत २०७२ साल बैशाख १२ गते गएको विनासकारी भूकम्पछि परकम्प जाने क्रम अझै रोकिएको छैन । साना–ठूला भूकम्पका धक्का अझै महशुस भइरहेका छन् । विहीबार राति दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १ बजेर ९ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको हो ।

यसअघि अस्ति बुधबार धादिङ र गोरखा केन्द्र विन्दु भएर २ वटा परकम्पको महशुस भएको थियो । गोरखामा बुधबार गएको परकम्पसँगै भागदौड मच्चिदा तीन जना घाइते भएका थिए ।

अहिलेसम्म ४ रेक्टर स्केल माथिका मात्रै चारसय ५५ वटा परकम्प गैसकेका केन्द्रले जनाएको छ ।