समाचार

सरकारको निर्णयले मृगौंला पीडित खुशी

काठमाडौं । सरकाले मिर्गौलाका विपन्न बिरामीलाई आजीवन निःशुल्क डायलासिस सेवा दिने निर्णयले मृगौला पीडित विारमी हर्षित बनेका छन् । सरकारले यसअघि सातामा दुईपटकका दरले दुई वर्षसम्म डायलासिस सेवा निःशुल्क दिँदै आएको थियो । अब मिर्गौला रोगीलाई आजीवन निःशुल्क डायलासि सेवा दिने निर्णय मन्त्रिपरिषद्को मन्त्रिपरिषद् बैठकको निर्णयले गरेको हो ।
छोटो समयको निशुल्क सेवाले आफूहरुलाई बाँच्न कठिन भएको र पैसा अभावमा प्रत्यारोपण पनि गर्न नसकिएको भन्दै विरामी लामो समयदेखि संघर्षमा थिए । सरकारले यसअघि डायलासि सेवामा एउटा बिरामीला लागि दुई वर्षसम्म बर्सेनि पाँच लाख २० हजार रुपैयाँ खर्च गर्दै आएको थियो । सातामा दुई पटक भन्दा बढी डायलासिस गर्नुपर्ने बिरामीले आफै पैसा तिर्नुपर्ने बाध्यता थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी कार्यविधी बनाएर सम्बन्धित अस्पताल र स्वास्थ्य संस्थामा पठाएपछि निःशुल्क डायलासिस सेवा लागूहुने बताए । सातामा दुई पटक डायलासिस सेवा दिने हो वा जति आवश्यक पर्छ त्यति नै दिने भन्ने पनि कार्यविधिले टुंगो लगाउनेछ ।
एकपटक डायलासिस सेवा वापत निजी अस्पतालले पाँच हजार रुपैयाँसम्म लिने गरेका छन् । सरकारी स्वास्थ्य संस्थाले २ हजार ५ सय रुपैयाँसम्ममा उक्त सेवा प्रदान गर्दै आइरहेका छन् । सरकारको यो निर्णयले मृगौला पीडित विरामी हर्षित बनेका छन् ।