समाचार

पुुरातनवादी चिन्तनबाट मुलुकको हित हुन्नः डा. भट्टराई

नेपालगन्ज, १७ चैत । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका अभियन्ता डा. बाबुराम भट्टराईले मधेस आन्दोलनको मागलाई सहमतिबाट टुङ्गोमा पु¥याउनुपर्नेमा जोड दिएका छन् ।

नेपालगन्जमा भएको पत्रकारसम्मेलनमा उनले भने–“संविधान निर्माणपछि नेपाल नयाँ युगमा प्रवेश गरेको छ, अब हामी सबै मिलेर समृद्धि र आर्थिक विकासको बाटोमा अग्रसर हुनुपर्छ ।” पुरानो राजनीतिक चिन्तनबाट मुलुक र जनताको हित हुन नसक्ने धारणा राख्दै पूर्वप्रधानमन्त्री भट्टराईले नयाँ शक्ति, नयाँ सोच र नयाँ जाँगरबाट मात्र स्थिर राजनीतिक र सामाजिक विकास सम्भव हुन धारणा राखे ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले आफनो स्वाभामिन गुम्न नदिएर नेपालले भारत र चीनसँग सन्तुलित सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिँदै ती दुवै देशको आर्थिक समृद्धिबाट नेपालले पनि फाइदा लिन सक्नुपर्ने बताए ।