समाचार

चीन भ्रमणसँगै ओलीलाई गुटबन्दीको आरोप

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टी अध्यक्ष ओलीले चरम गुटबन्दी गरेको भन्दै नेताहरुले आलोचना गरेका गरेका छन् ।

प्रधानमन्त्रीको आलोचना गर्ने नेताहरुमा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेहरु हुन्।

नेताहरुले गुटबन्दीको आरोप लगाए पनि ओलीले भने त्यो आरोप सहि नभएको भन्दै अस्विकार गरेका थिए। मंगलबार बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नो चीन भ्रमणमा भएका उपलव्धी बारेमा पनि जानकारी गराएका थिए ।