समाचार

नेविसंघ नेतृ स्वतिकाको दुर्घटनामा ज्यान गयो

काठमाडौं । नेपाल विद्यार्थी संघकी नेतृ एवम् पदमकन्या क्याम्पसकी स्ववियु पूर्व सभापति लालकुमारी पोखरेल (स्वस्तिका)को  आज विहान दुर्घटनामा परी मृत्यु भएको छ ।
बारा जिल्लाको अमलेखगञ्जमा आज बिहान पाँच बजे भएको सडक दुर्घटनामा पोखरेलको निधन भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घटनामा पोखरेलसँगै ध्रबु कार्कीको पनि निधन भएको छ ।

हेटौँडातर्फ आउँदै गरेको पोखरेल सवारी बा ३ च ८०९७ नम्बरको कार र विपरित दिशाबाट जाँदै गरेको ना ४ ख ५६९६ नम्बरको बस एकआपसमा ठोक्किँदा पोखरेल र कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार र बस तीब्र गतिमा रहेकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।