समाचार

तलेजु मन्दिर पुगे देउवा दम्पत्ति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार काठमाडौँ दरबार स्क्वायरमा रहेको तलेजु मन्दिरको दर्शन गरेका छन् ।
देउवा पत्नी आरजु देउवासंगै तलेजु भवानी मन्दिरको दर्शन गर्न पुगेका थिए । सर्वसाधारणको लागि वर्षको एक दिनमात्र तलेजु भवानीको मन्दिर खुल्ने भएपनि सोमबार भने तलेजुका चारै ढोका खुला गरिएको थियो।

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवा दम्पतिका लागि यो व्यवस्था स्थानीयले मलिाइदिएका थिए ।

देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महाधिवेशनमा सभापति निर्वाचित भएपछि देउवालाई विभिन्न सम्मान कार्यक्रममा भ्याइनभ्याइ भएको छ ।

भूकम्पले जीर्ण बनेको हनुमानढोका दरबारको बाटोबाट तलेजु मन्दिर चढ्नुअघि देउवाले जीवित देवी कुमारीको पनि दर्शन गरेर आशीर्वाद लिएका थिए । कुमारीको दर्शनपछि देउवा दम्पति गजुर बिनाको मन्दिरको रुपमा चर्चित मरु गणेशस्थान पनि पुगे ।


नेपाली कांग्रेसको १३ औँ महाधिवेशन सुरु हुनुअघि पनि देउवालाई कार्यकर्ताहरुले आकाश भैरवको पूजा गर्न लगाएका थिए।