समाचार

एसएलसीमा यसरी हुँदैछ ग्रेडिङ

काठमाडौं ।  शिक्षा मन्त्रालयले यसै वर्षको प्रवेशिका परीक्षाबाट लागू गरेको ग्रेडिङ सिस्टम बारे उत्पन्न अन्योल चिर्न कार्यविधि ल्याएको छ ।
‘विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति, कार्यान्वयन कार्यविधि, २०७२’ कार्यान्वयनका लागि शिक्षा विभाग, परीक्षा नियन्त्रण कार्यालय, जिल्ला शिक्षा कार्यालय, विद्यालय तह र शिक्षक तथा अभिभावकसम्मको भूमिका स्पष्ट गरिएको छ ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदबाट २०७२ मङ्सिर २३ मा स्वीकृत भई यही चैत ६ मा पहिलो संशोधन भई आइतबार शिक्षामन्त्री स्तरको निर्णयबाट सो कार्यविधि स्वीकृत भएको हो ।