समाचार

लागुऔषध कोकिनसहित २ विदेशी पक्राउ

काठमाडौं । लागूऔषध कोकिनसहित दुई विदेशी नागरिक काठमाडौंंमा पक्राउ परेका छन् ।

 झण्डै २७ करोड मूल्य पर्ने कोकिनसहित दुई विदेशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दक्षिण अफ्रिकी र भारतीय गरी दुई विदेशीलाई महंगो मूल्य पर्ने दुई केजी कोकिनसहित केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ठमेलबाट पक्राउ गरेको हो ।

दक्षिण अफ्रिकी माथोनी मस्ने र भारतीय मेर्सी कोकिनसहित पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुले कोकिन दक्षिण अफ्रिकाबाट नेपाल ल्याएको हुन सक्ने प्रहरीले जनाएको छ ।

 स्याम्फुको बट्टामा कोकिनलाई झोल बनाएर लुकाएर दिल्ली हुँदै नेदरल्यान्ड लैजाने प्रयास भइरहेका बेला उनीहरु पक्राउ परेको प्रहरी अनुसन्धानले देखाएको छ ।