समाचार

शेरबहादुर देउवा र गगनकुमार थापा

काठमाडौं । १३ औं महाधिवेशनमा फरक फरक गुटबाट सभापति र महामन्त्री लडेका शेरबहादुर देउवा र गगनकुमार थापाका बीचमा अहिले हिमचिम बढेको छ ।

शेरबहादुर देउवाले गगनकुमार थापा पार्टीलाई नभै नहुने युवा नेता भन्दै महत्वपुर्ण जिम्मेवारी दिने सार्वजनिक रुपमा नै बताउँदै आएका छन् । आफ्नै परिवारसँग विद्रोह गरि महामन्त्री लडेका गगन र ससुरा अर्जुननरसिंह केसी दुवै पराजित भए ।

तर, अहिले विजयी शशांक कोइरालाको भन्दा पराजित केसी र थापाकै चर्चा छ पार्टीमा । अनि गगन पनि देउवाका प्रिय बनिरहेका छन् ।

शनिबार चाबहिलस्थित ‘गिरिजाप्रसाद कोइराला स्मृति सामुदायिक कलेज’को तेस्रो स्थापना दिवसमा पनि गगनकै कारण देउवा पुगे । उक्त कलेज गगनको क्षेत्रमा छ र गगनकै पहलमा कलेज स्थापना भएको हो ।

देउवाले कार्यक्रममा कलेजलाई उकृष्ट योगदान गरेबापत युवा नेता गगनकुमार थापालाई सम्मान गरेका छन् । देउवाले कार्यक्रममा पटक पटक गगनसँग गफ गरेका थिए भने गगन पनि खुसी देखिन्थे । चुनावपछि सार्वजनिक कार्यक्रममा नदेखिएका गगन देउवासँगै उक्त कार्यक्रममा आइपुगेका थिए ।