समाचार

बग्गीमा सहर घुमे प्रियंका र सञ्जय

काठमाडौं, १० बैशाख ।  फिल्म रिलिज हुनुअगाडि दर्शक हलसम्म ल्याउनका लागि प्रचारप्रसारमा अनेक उपाय अपनाइन्छ। चलचित्र‘ह्याप्पी डेज’ ले पनि यस्तै फरक शैली अपनाएको छ।त्यसका लागि ‘ह्याप्पी डेज’को टिमले कलाकारलाई बग्गीमा चढाएर सहर घुमाएको हो।

अभिनेत्री प्रियंका कार्की र अभिनेता सञ्जय गुप्ताले बग्गीमा चढेर सहर घुमेका हुन्।उनीहरुलाई ललितपूर र काठमाडौँको विभिन्न स्थान घुमाइएको हो।लगनखेलबाट सुरु भएको रथ यात्रा थापाथली, त्रिपुरेश्वर, दरबारमार्ग, पुतलीसडक हुँदै भृकुटीमण्डप सम्म थियो ।

चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता सञ्जय गुप्ता अभिनित चलचित्र ‘ह्याप्पी डेज’ अप्रिल २७ मा रिलिज हुँदैछ।सञ्जय र प्रियंकाका अलावा दयाहाङ राई,शिशिर राणा,दिया पुन, विक्की जोशी आदिको अभिनय रहेको छ। चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् भने निर्माण वीपि खनालको रहेको छ।