समाचार

चिन भ्रमणको गृहकार्य जुट्यो सरकार

काठमाडौं, ३० चैत ।  प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएलगत्तै सरकारले अर्को छिमेकी मुलुक चीन भ्रमणको गृहकार्य अघि बढाएको छ । भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी साता चीन भ्रमणमा जाँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीको आगामी सोमबार चीन जाने तयारी छ । 
दुवै मुलुकबीच विगतमा भएका सहमति सम्झौता कार्यान्वयनमा भएका प्रगति र प्रयासको समीक्षा गर्न र उच्चस्तरीय भ्रमणको तयारीका लागि उनी बेइजिङ जाने तयारीमा जुटेका हुन् । चिनीयाँ समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री ज्ञवाली चीन भ्रमणको तयारीमा जुटेका हुन् ।