समाचार

हाँडीगाउँमा गहना खोज्ने जात्रा

काठमाडौं, १९ चैत । काठमाडौंको हाँडीगाउँस्थित गहनापोखरीमा आइतबार गहना खोज्ने जात्रा मनाइएको छ ।   यो जात्रा टुँडालदेवीको रथ घुमाइने चैत्र महिनाको पूर्णिमाको भोलिपल्ट मनाइन्छ । टुँडालदेवीले आफ्नो गहना सोही पोखरीमा हरएको हुनाले हरेक वर्ष जात्राको बेलामा आएर ३ चक्कर घुमेर खोज्ने जनविश्वास छ । यही विश्वासमा रथलाई ३ चोटी पोखरीमा घुमाउने चलन छ । जात्राका अवसरमा त्यहाँका स्थानीय युवा क्लबले पोखरी सफासुग्घर बनाउँनुका साथै नयाँ पानी राखेर आज पोखरीमै रथ घुमाइएको थियो । नेवार समुदायमा प्रचलति जात्राहरुमध्ये गहना पोखरीको जात्रा पनि प्रमख जात्राका रुपमा लिइन्छ ।