समाचार

छोराले बाबुलाई खुकुरी हानेपछि...

ओखलढुंगा, १० चैत । ओखलढुगांको सिजिदेम्बा गाउँपालिका–४ मा आफ्नै छोराको खुकुरी प्रहारबाट ५६ वर्षीया बाबु गोमानसि सुनुवार गम्भिर घाइते भएका छन ।  घरयासी विबादका कारण शुक्रबार २४ वर्षीया छोरा जिवनकुमार सुनुवारले आफ्नै बाबुलाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट गोमानसिङको घाटी, टाउको र हातमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । घाइतेलाई अचेत अवस्थामा शुक्रबारै हेलीकप्टरबाट काठमाडाैंको शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको प्रहरीले जनाएको छ ।
घाइतेको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यलय खिजिदेम्बाका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिनुभयो । खुकुरी हान्ने छोरा जिबनकुमार सुनुवारलाई शुक्रबारै ईलाका प्रहरी कार्यलय खिजिदेम्बाले पक्राउ गरेको छ ।