समाचार

काठमाडौंमा सम्बोधन गर्दै सेलेब्रिटी रोबोट सोफिया

काठमाडाैं, ७ चैत । चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट सोफिया बुधबार काठमाडौंको एक कार्यक्रममा सहभागी हुँदैछिन् ।  उनी मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन । उनलाई साउदी सरकारले ४ महिनाअघि महिलाका रुपमा नागरिकता दिएको हो । सोफिया राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपी को आयोजनामा हुने सार्वजनिक सेवाका लागि प्रविधि विषयक सम्मेलनमा सहभागी हुन लागेही हुन् । 
सम्मेलनमा मुख्य वक्ताका रुपमा उनले मन्तब्य दिने युएनडीपी नेपालका सञ्चार प्रमुख कमलराज सिग्देलले बताए । आजको कान्तिपुरमा यो खबर छ ।