समाचार

अपडेट : यूएस बंगला विमान दुर्घटना, मृतकको संख्या ४९ पुग्यो

काठमाडाैं, २८ फागुन । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन् । एसएसपी पोखरेलका अनुसार ७१ जना यात्रु मध्ये २१ जना घाइतेको उपचार भइरहेको छ भने एक जना भेटिएका छैनन् । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

..........................................................................................

काठमाडौं, २८ फागुन । वंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडान भरेको यूएस बंगला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ ।  विमान अवतरणका क्रममा रनवेबाट उछिट्एिपछि आगलागी भएको थियो ।  दुर्घटनाग्रस्त विमानबाट ४० जनाको शव निकालिएको छ ।  उद्धार गरिएका ३१ जनामध्ये ८ जनाको अस्पतालमा ज्यान गएको छ । घाइतेलाई सिनामंगल नर्भिक लगायतका अस्पताल लगिएको छ । 
दुर्घटना लगत्तै विमानमा आगो लागेको थियो । विमानमा आगोलागेपछि काठमाडौं, भक्तपुर, ललितपुरको अग्नी नियन्त्रक बारुण यन्त्र विमानस्थल पुगेका थिए । नेपाली सेना, प्रहरी,शसस्त्र प्रहरी, विमानस्थलका कर्मचारीले घाइेतेको उद्धार गरेका थिए । घाइते मध्ये  ३३ जना नेपाली रहेका छन् । 
विमानमा आगलागी भएपछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापासहितका सरकारी अधिकारी विमानस्थल पुगेका थिए । मृतकमध्ये ३ जनाको पहिचान खुलेको छ ।  पहिचान खुलेका मध्ये सजना देवकोटा, प्रबिण चित्रकार र हरिशंकर पौडेल रहेको अस्पतालमा रहेको प्रहरीले जनाएको छ । त्यस्तै एक विदेशी रोकिबुल हसन मृतक रहेका छन् । थप विवरण आउँन बाँकी छ । 

====================

'भाग्यले बाँचें' 

काठमाडौँ,  हामी बंगलादेशमा भएको एउटा तालिममा सहभागी हुन गएका थियौं । हामी विभिन्न ट्राभल एजेन्सीमा काम गर्ने १६ जना नेपाली थियौं । खासमा हिजो उड्नुपर्ने विमान आज उड्यो । हामी बंगलादेशबाट राम्रै तरिकाले आइरहेका थियौं । जब काठमाडौंमा ल्यान्ड गर्ने बेला भयो विमान अर्कै तरिकाले उडेको जस्तो अनुभव भयो ।
हामी बंगलादेशमा भएको एउटा तालिममा सहभागी हुन गएका थियौं। हामी विभिन्न ट्राभल एजेन्सीमा काम गर्ने १६ जना नेपाली थियौं।
खासमा हिजो उड्नुपर्ने विमान आज उड्यो। हामी बंगलादेशबाट राम्रै तरिकाले आइरहेका थियौं। जब काठमाडौंमा ल्यान्ड गर्ने बेला भयो विमान अर्कै तरिकाले उडेको जस्तो अनुभव भयो।
यत्तिकैमा विमान जोडले हल्लियो। के भयो केही थाह पत्तो भएन। म विमानको झ्याल छेउमा थिए। एक्कासी ड्याम्म गरेको आवाज आयो। त्यसपछि के के भयो पत्तो नै पाइएन।
म झ्याल फोडेर बाहिर निस्के। कसले हो मलाई सिनामंगलको अस्पतालमा पुऱ्यायो। त्यहाँबाट साथीहरुले नर्भिक अस्पतालमा पुऱ्याए। मलाई घुडा र टाउकोमा चोट लागेको छ। भाग्यले बाँचे।
विमानमा १६ जना काठमाडौंका विभिन्न ट्राभल एजेन्सीका कर्मचारीहरु रहेको खुलेको छ । रस्विता ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका कर्मचारी बसन्त बोहोरा, लक्की ट्राभल्सका कर्मचारी सनम शाक्य सहित विभिन्न १६ ट्राभल्स एजेन्सीका कर्मचारीहरु दुर्घटनाग्रस्त विमानमा यात्रारत रहेका थिए ।

बसन्त बोहोरा, रस्विता ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका कर्मचारीसँग जनकराज सापकोटाले गरेको कुराकानीमा आधारित 

 

कान्तिपुरकाे समाचारमा अाधारित