समाचार

यूएस बंगला विमान काठमाडौंमा दुर्घटना, २० जनाको शव निकालियो

काठमाडौं, २८ फागुन । बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडान भरेको यूएस बङ्ला विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ ।  अवतरणको क्रममा रहेको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेटमा रनवे मा दुर्घटनामा परेको हो । हालसम्म २० जनाको शव निकालिएको र १२ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।  ९० डिग्रि मोडिएर राजधानीको चावहिलबाट ल्याण्ड भएको बिमानमा एकै पटक आगोको मुस्लो देखिएको थियो । आगलागी नियन्त्रणमा आएको अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । 
दुर्घटनामा घाइते भएका १४ जनालाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । विमानमा चालक दलका सदस्यसहित ७६ यात्रु सवार रहेको बताइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।