समाचार

पाँच राजनीतिक दलले बुझाए समानुपातिक सूची

काठमाडौं, १ फागुन ।  २०७४ मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको सूची पाँच राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएका छन् ।
निर्वाचन आयोगले पाँच राजनीतिक दललाई सम्बन्धित समावेशी समूहको प्रतिनिधित्व हुने गरी अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमका आधारमा उमेदवार छनोट गरी निर्वाचित हुने उमेदवारको नाम सिफारिस गर्न तीन दिनको समय दिएको थियो ।
माघ २६ गते बसेको आयोग बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा  (५) बमोजिम केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिबाट निर्णय गरी ३ (तीन) भित्र अर्थात् माघ २९ गते साँझ ५ बजे (कार्यालय समय) भित्र नामावली निर्वाचन आयोगमा पेश गर्न राजनीतिक दलहरुलाई समय दिएको थियो । 
पाँचवटै राजनीतिक दलले बुझाएको नामावलीलाई आयोगले समावेशी समूह र क्रम अनुसार मिले÷नमिलेको जाँच गरी नमिलेका राजनीतिक दललाई सच्याएर ल्याउन पुनः दुई दिनको समय दिने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।