समाचार

अमेरिका पठाईदिने भन्दै करोड ठगी गर्ने सुलभ क्षेत्री पक्राउ

काठमाडौं, २४ माघ । आफू अमेरिकी सेना भएको र अमेरिका पठाईदिने भन्दै एक करोड ५० लाखभन्दा बढीको ठगी गर्ने सुलभ पण्डित क्षेत्रीलाई सिआईबीको टोलीले आइतबार पक्राउ गरेको छ । 
मनिस बस्नेत, नरेन्द्रबहादुर पण्डित र सुलभ पण्डित क्षेत्रीको नामबाट तीनवटा नागरिकता बनाई ठगी गरेका उनलाई सिआईबीले पक्राउ गरेको हो ।  पण्डितले भारतीय सेनामा भर्ती गराईदिने तथा अमेरिका पठाईदिने भन्दै १४ जना भन्दा बढीलाई ठगी गरेको सिआईबीले जनाएको छ ।, यो खबर आजको नागरिकदैनिकमा छ ।