समाचार

प्रहरीकै हतियार लुट्ने पक्राउ

बारा, १८ माघ ।  गत वैशाख ११ गते प्रहरीमाथि आक्रमण गरी प्रहरीको हतियार लुट्ने कलैया उपमहानगरपालिका–१२ धर्मनगरका फुलेना साह गोढलार्ई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । विगन साह र फुलेना साहको नेतृत्वमा रहेका ३०–३५ जना तस्करको समूहले प्रहरीमाथि आक्रमण गरी प्रहरीको शटगन लुटेर लगेका थिए । धर्मनगरस्थित नेपाल इँटा उद्योग छेउमै तस्करीको मालसामान प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्कर र प्रहरीबीच दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रहरी प्रमुख भुवनेश्वर साहले जानकारी दिए ।
तस्करको आक्रमणमा परी जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार शेख मसरुल, प्रहरी जवान चन्देश्वर सिंह, अर्का प्रहरी जवान जगमोहन राउत घाइते समेत भएको पत्रकार सम्मेलनमा उनले जानकारी दिए ।