समाचार

माओवादी सांसद पाण्डेको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता तथा सांसद भक्तिप्रसाद पाण्डेको स्वास्थ्य अवस्था गम्भीर भएपछि ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा बुधबार पुनः भर्ना गरिएको छ। 
क्यान्सर पीडित पाण्डे पछिल्लो समय भाइटीकाको दिन डिस्चार्ज भएका थिए। पाण्डेको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार अस्पताल पुगेका थिए। गत वर्ष भारतमा उपचारका क्रममा पाण्डेलाई क्यान्सर भएको थाहा भएको थियो। भारतबाट फर्किएपछि सांसद पाण्डे अस्पताल बस्ने र डिस्चार्ज हुने क्रम चलिरहेको थियो।

बिहीबारै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई पनि अस्पताल पुगेर पाण्डेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। २०२० को दशकदेखि नै कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका पाण्डे दोस्रो संविधानसभामा तत्कालीन एकीकृत नेकपा माओवादीका तर्फबाट समानुपातिक सांसद चुनिएका हुन्।

१९ कार्तिक २०७३ ।