समाचार

भारतीय राष्ट्रपतिबाट जनकपुर र पोखरा भ्रमण

काठमाडौं– भारतीय राष्ट्रपति प्रणव मुखर्जी शुक्रबार विहान जनकपुर भ्रमणमा गएका छन् । मुखर्जीे जानकी मन्दिरमा पुजाअर्चर्ना र स्थानीय तिरहुतिया गाछीमा नागरिक अभिनन्दनमा गरि ५५ मिनेटको कार्यक्रम सहभागी भइ पोखरा जाने कार्यक्रम रहेको छ । भारतीय राष्ट्रपति मुखर्जी बुद्ध एयरको विशेष विमानबाट शुक्रबार बिहान १० वजे ५५ मिनेटमा जनकपुर अवतरण गरेका हुन् । 
जनकपुर उपमहानगरपालिकाको आयोजनामा राष्ट्रपति मुखर्जीलाई नागरिक अभिनन्दन कार्यक्रम गरिएको छ । मुखर्जीको  स्वागतलाई भव्य बनाउन स्थानीयहरुले जनकपुरको विमानस्थलदेखि जानकी मन्दिर सम्म करिव ३ किलो मिटरको दुरीमा प्रत्येक ७० मिटर दुरीमा ४५ वटा स्वागतद्वारा निर्माण गरिएको छ । मुखर्जीले प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा विशेष पुजा गर्ने भएको हुँदा  मन्दिरको सरसफाइ गरी जानकी मन्दिरलाई विशेष रुपमा सिंगारिएको थियो ।
 
यसैबीच,  जनकपुरको कार्यक्रम सकेर मुखर्जी आजै पोखरा जाँदै छन् ।  उनले पोखरामा तीन घन्टा विताउने छन् । राष्ट्रपति मुखर्जी जनकपुुरबाट बुद्ध एयरको विमानबाट पोखरा विमानस्थलमा अपराहृन पौने १ बजे उत्रँदै छन् । मुखर्जीले पोखरा बिरौटास्थित होटेल पोखरा ग्रान्डमा केहीबेर आराम गर्ने कार्यतालिका छ । मुखर्जीले पोखरा–१० रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा रहेका भूतपूर्व भारतीय सैनिकलाई सम्बोधन गर्नेछन् । पोखराको कार्यक्रम सकेर मुखर्जी ४ बजे काठमाडौं हुँदै भारत फर्कनेछन् ।

१९ कार्तिक २०७३ ।