समाचार

मुखर्जीद्वारा पशुपतिमा विशेष पूजा

काठमाडौं– भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आज पशुपतिनाथ मन्दिरमा लाखबत्ती सहित पूजा गरेका छन्। उनले पञ्चामृत अभिषेकसहितको विशेष पूजा गरेका हुन्। तीन दिन नेपालको राजकीय भ्रमणमा रहेका मुखर्जीले कडा सुरक्षा व्यवस्थाबीच पूजा गरेका हुन्। साथै उनलाई पशुपति परिसरमा प्रवेश गरेपछि धिमे बाजा, पञ्चेबाजालगायत बाजागाजाले स्वागत गरिएको थियो। नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका मुखर्जीले कडा सुरक्षा व्यवस्थाबीच पूजा गरेका हुन्।

राष्ट्रपति मुखर्जी पशुपति परिसरमा प्रवेश गरेपछि धिमे बाजा, पञ्चेबाजालगायत बाजागाजाले स्वागत गरिएको छ। उनलाई गार्गी कन्या गुरुकुलका छात्राले पशुपति परिसरको दायाँबायाँ बसी स्वागत गरेका थिए। उनको सुरक्षालाई मध्यनजर गरी पशुपति क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ। भारतीय राष्ट्रपतिद्वारा १८ वर्षपछि पशुपतिको पूजा गरिएको हो। यसअघि पूर्वराष्ट्रपति के आर नारायणन्ले विसं २०५५ जेठमा पशुपतिमा पूजा गरेका थिए।

यसैबीच,  नेपाल भ्रमणका क्रममा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ डि. लिट. को उपाधि प्रदान गरेको छ। विश्वविद्यालयका कूलपति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुखर्जीलाई सो उपाधि प्रदान गरेका हुन्। काठमाडौँ विश्वविद्यालयले राष्ट्रपति मुखर्जीलाई सो उपाधि दिनका लागि काठमाडौँमा विशेष दीक्षान्त समारोह आयोजना गरेको थियो।

१८ कार्तिक २०७३ ।