समाचार

मुखर्जीकाे नेपाल भ्रमणः सामाजिक सञ्जालमा आलोचना

काठमाडौं– भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौंमा अवतरण हुनु अगावै काठमाण्डौ उपत्यकाका धेरैजसो सडकमा सवारीसाधन गुड्न छाडिसकेका थिए । जसका कारण आफ्नो गन्तव्यमा पुग्नुपर्ने सर्वसाधारणले पाउनुसम्म सास्ती पाए । नेपालको राजकीय भम्रणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई सुरक्षा प्रबन्ध मिलाउन भन्दै ट्राफिक प्रहरीले काठमाण्डौका धेरैजसो रुटमा सवारी चलाउन नै रोक लगायो । मुखर्जी त्रिभूवन बिमानस्थलमा अवरण हुनु भन्दा झन्डै तिन घण्टा अघि देखिनै काठमाडौंका मुख्य सडक ठप्प देखिन्थे । सडकमा सार्वजनिक र निजि सवारी साधन मात्रै हैन केही समय पैदल यात्रुलाई हिड्न नै रोक लगाइएको थियो । सार्वजनिक बिदा भएपनि  बिभिन्न कामका लागि हिडेका सर्वसाधरणले गन्तव्यमा  पुग्न दुई तिन घण्टा पैदल हिड्नुपरेको गुनासो गरे । 
मुखर्जीको भ्रमणलाई लिएर सवारी ठप्प भएपछि समाजिक संजाल प्रयोगकर्ताले पनि बिभिन्न ह्यासटयाग चलाएर अघोषित रुपमा उपत्यका बन्द गरेको भन्दै टिवटर र फेसबुकमार्फतचर्को  बिरोध गरेका छन् । टिवटर प्रयोगकर्ताले लम्पसारवाद, pranabdasaysorry,Indianpresidentnotwelcome, Mr.pranabsaysorry लगायतका ह्यासट्याग प्रयोग गरी नागरीकलाई दुख दिएको भन्दै चौतर्फी बिरोध भएको छ । indianpresientnotwelcome ह्यासट्यागले टिवटर ट्रेन्ड्रिङमा अग्रता लिएको छ । 

१८ कार्तिक २०७३।