समाचार

आज कुन कुन रुटमा सवारी आवागमन प्रभावित हुँदैछ ?

काठमाडौं– नेपालको तीन दिने राजकीय भम्रणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सुरक्षा प्रबन्ध मिलाउन भन्दै ट्राफिक प्रहरीले काठमाण्डौका धेरैजसो रुटमा सवारी चलाउन नै रोक लगाउँदै वैकल्पिक व्यवस्था मिलाउन अनुरोध गरेको छ ।  बुधबार मुखर्जी त्रिभुवन बिमानस्थलमा अवरण हुनु भन्दा झन्डै तिन घण्टा अघि देखिनै काठमाडौंका मुख्य सडक ठप्प बनेका थिए भने विहीबार पनि दिनभरजसो विभिन्न स्थानका  सडकमा सवारी साधान आवागमन प्रभावित हुनेछन् । 
राष्ट्रपति मुखर्जी सवार हुने रुटमा सार्वजनिक र निजि सवारी साधन मात्रै हैन केही समय पैदल यात्रुलाई हिड्न नै रोक लगाइने छ । आज कुन ठाउ“मा सावारी साधान प्रभावित हुँदैछ हेर्नोस्–
१.    बिशेष कारणवश बिहान ९ बजे देखि ११ बजे सम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार, थापाथली, जोरपाटी क्षेत्रमा सो अवधीभर  उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरीे हार्दिक अनुरोध गर्दछ ।

२.    बिशेष कारणवशे बिहान पौने १० बजे देखि दिउँसो पौने २ बजे सम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार,भद्रकाली, थापाथली, कोटेश्वर, पुरानो बानेश्वर,शंखमुल, नागस्थान, न्युरोड क्षेत्रमा सो अवधीभर  उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरी हार्दिक अनुरोध गर्दछ ।

३.    बिशेष कारणवश दिउँसो ४ बजे देखि साँझ ६ बजे सम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली,जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रर्दशनीमार्ग क्षेत्रमा सो अवधीभर  उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरी हार्दिक अनुरोध गर्दछ ।

४.    बिशेष कारणवश साँझ ५ बजे देखि बेलुकी ७ बजे सम्म सिंहदरबार, भद्रकाली, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानी पोखरी, सोह्रखुट्टे, जय नेपाल, कोटेश्वर, नागस्थान, ठमेल, क्षेत्रमा सो अवधीभर  उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरी हार्दिक अनुरोध गर्दछ ।

५. बिशेष कारणवश  साँझ साढे ६ बजे देखि बेलुकी साढे ८ बजे सम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माईतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, थापाथलि, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल, कोटेश्वर, पुरानो बानेश्वर ,शंखमुल क्षेत्रमा सो अवधीभर  उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरी हार्दिक अनुरोध गर्दछ ।

६. बिशेष कारणवश बेलुकी पौने ८ बजे देखि बेलुकी पौने १० बजे सम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट,  बत्तिस पुतली क्षेत्रमा सो अवधीभर  उल्लेखित मार्ग भएर चल्ने सवारी साधनले अन्य बैकल्पिक मार्ग प्रयोग गर्नहुन ट्राफिक प्रहरी हार्दिक अनुरोध गर्दछ ।

१८ कार्तिक २०७३ ।