समाचार

तिहारमा स्वयम्भूबाट काठमाडौं नियाल्दा

काठमाडौं, १६ कार्तिक । उज्यालो र फूलहरूको पर्व हो तिहार । तिहारको झिलिमिलिले काठमाडौं उपत्यकालाई बेहुली झै सिंगारिएको छ । अझ साँझका बेला उचाईबाट नियाल्दा काठमाडौं उपत्यका स्वर्णिम शहरजस्तै देखिन्छ । 
लोडसेडिङले प्रायजसो अन्धकार बन्ने शहर, तिहारमा भने झलमल्ल उज्यालो छाएको छ । तिहारभरी नै राजधानी शहर काठमाडौको मुहार धपक्कै बलेको छ । सुनको बिछ्यौना जस्तै स्वर्णीम बनेको काठमाडौ उपत्यकालाई नियाल्न साँझको बेला सयौँ मानिस स्वयम्भूनाथ लगायतका अग्ला डाँडामा उक्लिन्छन् । स्वयम्भूनाथको उचाइबाट सुन्दर काठमाडौको दृश्य क्यामेरामा कैद गर्नेहरुको भिडभाड यतिखेर बाक्लिएको छ । 
​काठमाडौका प्रायः सबै घर सिंगारिएका छन् । यत्रतत्र सर्वत्र झिलिमिली बिजुलीले झकिझकाउ बनेको छ ।

सयपत्री फुलका मालाहरुले घरको सुन्दरता अभैm बढाएको छ । अँध्यारो घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने धार्मिक विश्वासका कारण धनकी देवी लक्ष्मीको स्वागत गर्न फूल र बत्तीले सिंगारिएका घर अहिले पनि उस्तै सफा र रंगिन छन् । उज्याला बत्तिले साँच्चै नै तिहारको सुन्दरता र महिमा बढाएको छ ।