समाचार

यमपञ्चकको चौथो दिन आज गोवर्द्धन पूजा

काठमाडौ– तिहारको चौथो दिन गोबर्धन पूजा । नेपालीको घर आँगनमा गोबद्र्धन पूजा गरिँदैछ । नेपालीहरूले आ–आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोबद्र्धन पर्वतको आकृति बनाई पूजा आरधना गर्ने गर्दछन् । 
त्यस्तै, गाईको बाच्छो र गोरुको पनि पूजा गर्ने गर्छन् । द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोबद्र्धन पर्वत उचाली गोकुलवासीलाई वर्षाबाट बचाएको धार्मिक किंवदन्ती अनुसार गोबद्र्धन पर्वतको पूजा गर्ने चलन चलेको हो । यमपञ्चकको पाँचौं तथा अन्तिम दिन भोलि  भाइटीका मनाइँन्छ र तिहार समापन हुन्छ ।

यसैबीच, यमपञ्चकको तेस्रो दिन आइतबार साँझ घर–घरमा दीपावलीसहित लक्ष्मीपूजा गरिएको छ । समुद्र मन्थनमार्फत कृष्ण औंसीका रातमा लक्ष्मीको प्रादुर्भाव भएको धार्मिक मान्यताअनुरूप लक्ष्मीपूजा गर्ने परम्परा चलेको हो । लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रि वा दीपमालिका पनि भनिन्छ । लक्ष्मीपूजामा गरिने उत्सवलाई ‘कौमोदिनी–महोत्सव’ पनि भनिन्छ । लक्ष्मी पूजामा घर–आगन सफासुग्घर गरी पर्याप्त बत्ती बाली झिलिमिली पार्ने गरिन्छ । त्यसैलो तिहारलाई उज्यालो पर्वका रुपमा समेत लिइन्छ ।  लक्ष्मीलाई स्वागत गर्न घरका झ्यालढोका र पूजास्थलमा फूलको माला र तोरण बनाइ सिंगारिन्छ ।