समाचार

गोदावरी फूलको मेलामा अवलोकनकर्ताको भीड

काठमाडौं–ललितपुरको जावलाखेलस्थित खेलमैदानमा बुधबारदेखि सुरु भएको दशौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा राखिएको फूलको अवलोकन गर्न घुइँचो लागेको छ । फूलको अवलोकन गर्न स्वदेशी मात्र नभएर विदेशी पर्यटक पनि भरिभराउ भएका छन् । 
प्रदर्शनी बुधबारदेखि जावलाखेलमा सुरु भएको हो। फ्लोरिकल्चर एसोसिएसन नेपालले आयोजना गरेको प्रदर्शनी चार दिनसम्म चल्नेछ। प्रदर्शनी करिब ३० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ। आयोजकले प्रदर्शनी अवधिभर ३५ देखि ४० लाखको फूलको कारोबार हुने अनुमान गरेको छ। प्रदर्शनीको उद्घाटन कृषि विकास राज्यमन्त्री राधिका तामाङले गरेकी थिइन्।

११ कार्तिक २०७३ ।