समाचार

अमेरिकामा संघीय लिम्बुवान सामाजिक मञ्च गठन

न्यूयोर्क । नेपालको ‘संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च–नेपाल’ पार्टीको भातृ संगठनको रुपमा अमेरिकामा संघीय लिम्बुवान सामाजिक मञ्च, अमेरिका गठन भएको छ । बिरेन्द्र हाङ्ग लाबुङ्ग लिम्बुको अध्यक्षतामा ४७ सदस्यीय समिति गठन गरिएको सोमबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 
विज्ञप्तीमा भनिएको छ– ‘नयाँ नेपाल निर्माणको लागि संघीय सह-अस्तित्वबाद, संघीय सामुदायिक समाजबाद, संघीय ईको-ईकोनोमि, बहु-राष्ट्र, बहु-सभ्यता र पहिचानको आधारमा निर्माण हुने १० प्रान्तहरुस् लिम्बुवान, किरांत-खम्बुवान, तामाङसालिंग, मधेश, नेवा, तमुवान, मगराँत, थरुहट, शेर्पा प्रदेश, खसान एबम सिल्पी बिशेष प्रदेशको स्थापनाले मात्र सान्त समृध्द सहअस्तित्व नेपाल निर्माण गर्न सकिने अडानका साथ श्री कुमार लिङ्देन मिराकज्युले नेतृत्व गर्नु भएको “संघीय लोकतान्त्रिक राष्ट्रिय मंच, संघीय लिम्बुवान मंच(नेपाल“ पार्टीले संघियाताबादी दलहरु संग सहकार्य गर्दै बिभिन्न दबाबमुलक अभियान र आवश्यकता अनुसार बिभिन्न चरणहरुमा आन्दोलन गर्दै आएको छ ।’
नवगठित मञ्चले मातृ पार्टीले अबलम्बन गरेको सिध्दान्त, निर्णय तथा निर्देशन गरेको कार्यक्रमहरु प्रति ऐक्यबद्धता जनाउदै अमेरिकामा क्रियाशील बिभिन्न विचारधारा र सामाजिक संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरि आवश्यक कार्यक्रमहरु संचालन गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । 

नवगठित मञ्चको कार्यसमिति 

अध्यक्ष- बिरेन्द्र हाङ  लाबुङ लिम्बु 
उपाध्यक्ष- ललित सम्बाहाङ्फे
महासचिब- योगेश लिङ्देन 
सचिब- सन्तोष यात्री 
कोषाध्यक्ष- चेतन सुब्बा 
सहकोषाध्यक्ष- बिजेता थेबे 
बिशेष सहजकर्ता- बुद्ध चेम्जोङ्ग

सदस्यहरु

- देब सुहाङ
- कर्ण सिंह साँवा 
- मुकेश सुहाङ
- बिमल वानेम 
- माया लिम्बु 
- सुमित्रा लिम्बु 
- आईतमान सुहाङ
- बुद्धहाङ सुहाङ
- बिनु लिम्बु 
- अमृति लिम्बु
- सबेन सुहाङ
- नवराज लिम्बु 
- मणि कुमार लोहोरुङ
- मिङ्ग्सो सुहाङ
- सरोज थाङ्ग्देन
- चुडा कुमार चेम्जोङ्ग 
- नामसाङ सुहाङ
- लोकेन लिम्बु 
- कुबेर वनेम 
- सनमान साँवा 
- सन्तोष साँवा 
- आईत लोहोरुङ
- सन्तोष फेदापे 
- बिर्ख खेवा 
- आसदल लिङ्ग्देन
- कुमार सुहाङ
- मुन्नाहाङ सुहाङ
- जस थेगिम 
- किसोर साङसोन
- सहवीर सुहाङ
- नामसाङ खेवा 
- राजकुमार लिम्बु 
- सोनिया लाबुङ
- कुमार लिम्बु 
- नाम फुरुम्बो 
- बोलमान सुब्बा 
- सन्जिब लिम्बु 
- हर्क सुहाङ
- संजय लिम्बु 
- सुनुवेन थेगिम 
- सामुएल कुरुमबाङ 

सलाहकारहरु, 

१) पूर्ण लिम्बु 
२) सुकमान सुहाङ 
३) धनमान लिङदेन 
४) केशर बहादुर माङदेन 
५) नर पन्धाक 
६) राम चोङबाङ