समाचार

कुशको शव बनाएर पूर्व गृहमन्त्री घिमिरेको दाहसंस्कार

काठमाडौं– पूर्वगृहमन्त्री माधव घिमिरेको शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार गरिएको छ। ६ दिनअघि त्रिशूली नदीमा खसेको गाडीसँगै बेपत्ता घिमिरे नभेटिएपछि कुशको शव बनाएर शुक्रबार दाहसंस्कार गरिएको हो।

घिमिरेको आमा चैतन्यकुमारीको शवसँगै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो। गृहमन्त्री विमलेन्द्र निधि घिमिरेको अन्त्येष्टिमा पशुपति पुगेका थिए। अन्य प्रशासक तथा पूर्व प्रशासकहरुको समेत उपस्थिति थियो। घिमिरेका आमा चैतन्यकुमारीको शवलाई नाती सुशान्तले दागबत्ती दिए । उनको शव नभेटिएपछि नेपाली गोताखोरहरुलो उनेको शव खोज्ने कार्य जारी गरेका छन् । दुर्घटनामा तीन जनाको शव भेटिएको थियो,  पूर्वगृहमन्त्री घिमिरेसहित उनका दुई भाइ वेपत्ता छन् । गाडीका चालक भने घाइते भएका थिए । उनको काठमाडौं उपचार भइरहेको छ ।

त्रिशुलीमा भेटिएको गाडी अझै निकाल्न सकिएन
६ दिनअगाडि त्रिशूली नदीमा खसेको पूर्वगृहमन्त्री माधव घिमिरे चढेको गाडी खोजी जारी छ । तीन दिनअघि पानी मुनि फेला परेको गाडी पनि अहिलेसम्म निकाल्न सकिएको छैन । शुक्रबार बिहानदेखि गाडी निकाल्ने प्रयास भैरहेको छ । सुरक्षाकर्मीसहितको टोलीले बिहानैदेखि र्‍याकर हुक प्रयोग गरेर गाडी निकाल्ने प्रयास गरिएको भए पनि अझै निकाल्न सकिएको छैन । आइतबार मुक्तिनाथबाट आउँदै गर्दा पूर्वगृहमन्त्री घिमिरे चढेको बा ९ च १५३१ नम्बरको स्कोर्पियो जिप चितवनको घोप्टेभीरबाट त्रिशूली नदीमा खसेको थियो ।

१४ साउन, २०७३ ।