समाचार

प्रेस सेन्टरको अध्यक्षमा सर्वसम्मतले दाहाल

काठमाडौं– प्रेस सेन्टर नेपालको पहिलो महाधिवेशनबाट महेश्वर दाहाल अध्यक्षमा चुनिएका छन्। बिहीबारबाट काठमाडौंमा जारी महाधिवेशनले दाहाललाई सर्वसहमतिमा अध्यक्ष चुनेको हो। अध्यक्षका प्रतिश्पर्धी ओम शर्मा, बलराम थापा र बिष्णु सापकोटाबीच सहमति जुट्न नसकेपछि दाहाललाई अगाडि बढाइएको बताइएको छ।

प्रतिस्पर्धीबीच सहमति नजुट्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै प्रस्तावमा महेश्वर दाहाल अध्यक्ष बने। अध्यक्षका प्रतिस्पर्धी मध्ये ओम शर्मा र बलराम थापा बरिष्ठ उपाध्यक्ष र बिष्णु सापकोटालाई महासचिवमा मनाउने प्रयत्न भइरहेको छ।

यस्तै, उपमहासचिवमा मनोज घर्तीमगर र राजेश राईको सम्भावना बढी रहेको स्रोतले बतायो। सेन्टरको विधानअनुसार ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, १२ सचिव र एक कोषाध्यक्षसहित ९७ सदस्यीय कार्यसमिति चयन हुनेछ।

१४ साउन, २०७३ ।